काठमाडाैँ । गण्डकी विकास बैंकले पोखराको पस्र्याङ्गमा रहेको श्री बाराही माध्यामिक विद्यालयमा अध्यनरत ३ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले विद्यार्थीहरुलाई प्रति विद्यार्थी ३ हजार ५ सय रुपैयाँको दरले १० हजार ५ सय रुपैयाँ छात्रवृति प्रदान गरेको हो ।
उक्त छात्रवृत्ति प्रदान कार्यक्रममा विद्यालयको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद बराल, प्राचार्य शिव प्रसाद भण्डारी, अभिभावक, विधार्थी तथा सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र पस्र्याङ्ग शाखा प्रमुख प्रमोद ओझाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बराल र प्राचार्य शिव प्रसाद भण्डारीले गण्डकी विकास बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिए । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त छात्रवत्ति हस्तान्तरण गदैं पछिल्ला समयमा देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको भन्दै बाराही विद्यालयलाई पनि गुणस्तरिय शिक्षा प्रदान गर्दै जान शुभकामना दिए । उनले आगामी दिनमा पनि बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए ।




