काठमाडाैँ ।सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो। पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो ।
तपाईंको प्रतिकृया




