छोरी बलात्कार गरी फरार व्यक्ति पक्राउ

काठमाडाैँ ।  छोरी बलात्कार गरी फरार भएका चितवनका एक व्यक्ति पक्राउ परेका छन्।

उनलाई नुवाकोटमा लुकिछीपी बसेको अवस्थाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।  उनिविरुद्ध १५ वर्षीय छोरीले गत सोमबार जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी गर्नुअघिनै ती व्यक्ति फरार भएका थिए। प्रहरीका अनुसार ती बाबुले छोरीलाई ३/४ महिनादेखि पटकपटक बलात्कार गर्दै आएको किटानीमा उल्लेख छ।

स्थानीयले घटनाबारे थाहा पाएर प्रहरीलाई खवर गरेपछि ती व्यक्ति फरार रहेका थिए। पक्राउ परेका ४३ वर्षीय ती व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस