गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद सहित दुईकाे मृत्यु

गुल्मी । गुल्मीको मुसिकाेट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद सहित दुईजनाकाे मृत्यु भएकाे छ । मालिका गाँउपालिकाकाे दर्लिङबाट बुटबलका लागि छुटेकाे लु १ ज १९५७ नम्बरकाे जीप बिहान ९ बजे दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि गुल्मीका पूर्व सासंद समेत रहेका धुर्काेट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का ओसार विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेकाे छ । जीपमा कुल १० जना सवार रहेकाे र अन्य सबै घाइते भएकाे खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस