कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, स्वास्थोपचारमा सहज हुने विश्वास

काठमाडौं – ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र स्पार्क हेल्थ होमका प्रबन्धक निर्देशक हरिशरण रिजालको हस्ताक्षर भएको उक्त सम्झौतापत्रअनुसार स्पार्क हेल्थ होमका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरूले डेबिट-क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलसहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने पनि बैंकले स्मरण गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस