२०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।

समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको हो।’ यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको अर्याल बताउँछन्।

अर्यालका अनुसार ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा हाल नेपाल टेलिकमको मात्र छ। टेलिकमले सीडीएमए सेवा विस्तार गर्न ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds