सिटिजन लाइफद्वारा ३ लाखको मृत्यु दाबी भुक्त्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिन बहादुर थापाकी श्रीमती भिम कुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरिएको थियो ।

बर्दिबास नगरपालिका का मिन बहादुर थापाकी धर्मपत्नी भिम कुमारी थापालाई प्रदेश शभाका माननीय सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्त्तरुपमा बीमाङ्क रकम वापत २ लाख ५० हजार र काजक्रिया खर्च सुविधा अन्तर्गतको ५० हजार गरि जम्मा ३ लाखको चेक हस्तान्तरण गरिन् ।

सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्तावक मिन बहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमाशुल्क नतिरिकनै बीमा १५ वर्षसम्म मासिक २ हजार ५ सयको हिसाबले जम्मा ४ लाख ५० हजार साथै परिपक्व मितिमा थप बीमाङ्कको २ लाख ५० हजार र बोनस रकम प्राप्त गर्नेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds