१५औं पञ्चवर्षीय योजनाको आधारपत्र पारित, उत्पादनमा ५० प्रतिशत वृद्धि गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई बिहीबार समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘१५औं पञ्चवर्षीय योेजनामा नेपालले धेरै उपलब्धि हासिल गर्दछ । सबैभन्दा ठूलो कुरा अविकसित देशको सूचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं ।’

प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताए । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको १५औं पञ्चवर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ । विकास परिषद्को बैठकमा राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि दफावार छलफल गरिएको थियो ।

परिषद्को बैठकले १५आंै पञ्चवर्षीय योजनाको आधारपत्रलाई स्वीकृति दिए पनि २५ वर्षीय दीर्घकालीन रणनीति भने पारित हुन सकेन ।आयोगले ५ दशमलव ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा १० दशमलव ३ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ ।

आयोगले आगामी २५ वर्षमा समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गरेको छ । आयोगले वि.सं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पु¥याउने लक्ष्य लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक कोषको टिकटक प्रतियोगिता

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा दिवसका अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस