लक्जरी कार : स्कोडा ‘कोडियाक एल एन्ड के’

काठमाडाैँ । ‘प्रिमियम फिल’, ‘ड्राइभिङ डाइनामिक्स’, ‘प्राक्टिकाबिलिटी’ र ‘क्लेभर प्याकेजिङ’ लगायत विशेषताका कारण स्कोडाप्रति कारप्रेमीहरू आकर्षित छन् । यी सबै सकारात्मक पक्षलाई मिलाएर स्कोडाको नयाँ एसयूभी कोडियाक ‘लरेन एन्ड क्लेमेन्ट’ आएको छ ।

कोडियाक स्कोडाको पहिलो फुल साइज सेभेन सिटर एसयूभी गतवर्ष नेपालमा आएको थियो । यसैको लाइन अपमा अहिले १ करोड ५८ लाख रुपैयाँ पर्ने स्कोडा कोडियाक लरेन एन्ड क्लेमेन्ट आएको छ ।

स्कोडाको शुरुआत सन् १८९५ मा एउटा साइकल निर्माता कम्पनीका रूपमा भएको थियो । त्यो बेला कम्पनीको नाम ‘लरेन एन्ड क्लेमेन्ट’ थियो, जुन दुई संस्थापक भाक्लाभ लरेन र भाक्लाभ क्लेमेन्टको नामबाट राखिएको थियो । सन् १९२५ मायो कम्पनी स्कोडा वक्र्स कंग्लोमेरेटले खरीद गर्‍यो र स्कोडा नामबाट कार बन्न थाले ।

के छ नयाँ ?
‘स्कोडा कोडियाक एल एन्ड के’ थप दुई रङहरू लाभा ब्ल्यू र म्याग्नेटिक ब्राउनमा ल्याइएको छ । यसमा ग्रिलमाक्रोम ट्रिम हुनुका साथै फ्रन्ट क्वार्टर प्यानलमा आकर्षक लरेन एन्ड क्लेमेन्ट ब्याज र ‘सिल्भर रूफ रेल’पनि छ । ‘सिल्भर रूफ रेल’ले यसको प्रिमियमनेसलाई थप बढाइदिएको छ । पछाडिको भागमा आकर्षक ‘ट्विन एक्जस्ट’ राखिएको छ ।

नयाँ कोडियाकको इन्टेरियरमा धेरै मेहनत गरिएको छ । कारभित्र पस्नेबित्तिकै ‘भच्र्युअल ककपिट फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ देखिन्छ । यस्तो खालको सेटअप आउडी ब्रान्डका कारमा मात्र देखिन्छ । तर यसमा भने स्कोडाको आफ्नै डिजाइन सिग्नेचर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री