इंग्ल्यान्डको फराकिलो जित

एजेन्सी । इंग्ल्यान्डले युरो कप छनोटमा फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित भएको हो ।

मोन्टेनेग्रोको मैदानमा सुरुवाती अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा रोस बार्क्लीले दुई गोल गरे ।  यस्तै कप्तान ह्यारी केन, माइकल किन र रहिम स्ट्रलिङले एक एक गोल गरे । घरेलु टोलीका मार्को भेसोभिकले एक गोल गरे ।

छनोटमा इंग्ल्यान्डको दोस्रो जित हो । जितसंगै समूह ‘ए’ को इंग्ल्यान्डले २ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ । यसअघि इंग्ल्यान्डले पहिलो खेलमा चेक रिपब्लिकलाई ५-० ले हराएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds