रेलिगेशन जोनमा रहेको हडर्सफिल्ड टाउनले गुमायाे तीन अंक जोड्ने मौका

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगको रेलिगेशन जोनमा रहेको हडर्सफिल्ड टाउनले तीन अंक जोड्ने मौका गुमाएको छ ।

वेष्टह्याम युनाइटेडविरुद्धको खेलमा ३–१ ले अघि रहेको अवस्थामा सम्हालिन नसक्दा हडर्सफिल्ड ४–३ ले पराजित भयो । वेष्टह्यामको मैदानमा भएको खेलमा जावियर हर्नाण्डेजले दुई गोल गर्दै वेष्टह्यामलाई महत्वपूर्ण तीन अंक दिलाए ।

१५औं मिनेटमा मार्क नोबलले पेनाल्टीमा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै जुनिन्हो बाकुनाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ३०औं मिेनटमा हडर्सफिल्डका लागि अहार्ने ग्रान्टले गोल गरेपछि हडर्सफिल्डले खेलमा अग्रता लियो ।

पहिलो हाफमा २–१ को अग्रता लिएको हडर्सफिल्डका लागि ग्रान्टले ६५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा टिमले ३–१ को अग्रता लियो ।तर वेष्टह्यामले हिम्मत हारेन । ७५औं मिनेटमा ओग्बोन्नाले गोल गरेपछि वेष्टह्यामले अन्तर ३–२ मा झार्‍याे ।

८४औं मिनेट र इन्ज्युरी समयमा जाभियर हर्नाण्डेजले गोल गरेपछि वेष्टह्यामले ४–२ को जित निकालेको हो । जितसँगै वेष्टह्याम ४२ अंक जोड्दै प्रिमियर लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तर्गत भएको अर्काे खेलमा लेस्टर सिटीले बर्नलेमाथि २–१ को जित निकालेको छ । एएफसी बर्नमाउथ र न्यूक्यासल युनाइटेडवीचको खेल भने २–२ गोलको बराबरीमा सकियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds