म्यानचेस्टर युनाइटेड एफ ए कप फुटबल प्रतियोगिताबाट बाहिरियो

काठमाडाैँ । म्यानचेस्टर युनाइटेड एफ ए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा उल्भरह्याम्टनसँग दुई एकले पराजित हुँदै युनाइटेड क्वार्टरफाइनलबाट बाहिरिन बाध्य भयो ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७० औं मिनेटमा जिमिनीजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए । त्यसको ६ मिनेटमा नै उल्भरह्याम्टनले दोस्रो गोल गर्‍याे । यसपटक उसका लागि जोटाले गोल गरे ।

दुई गोलले पछि परेको युनाइटेडले इन्जुरी समयको अन्तिममा रासफोर्डको गोलमार्फत अन्तर कम गरे पनि हार भने टार्न सकेन । युनाइटेडलाई स्तब्ध बनाएको एल्भरह्याम्टन २१ वर्षपछि एफ ए कपको सेमिफाइनलमा पुगेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds