एक सातामै जनकपुरको तापक्रम पाँच डिग्री बढ्यो, कहाँको तापक्रम कति ?

काठमाडाैँ । एक साताकै अबधिमा तराईको तापक्रम ह्वात्तै वढेको छ। पहाडको तुलनामा केही दिनयता तराईको तापक्रम ह्वात्तै वढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईको तापक्रम एक सातामा पाँच डिग्री सेल्सियससम्म बढेको छ।

प्रदेश २ को राजधानी जनकपुरमा शुक्रबार ३४.४ डिग्री तापक्रम मापन गरिएको छ। एक साता अघिसम्म जनकपुरको तापक्रम २९ डिग्री सेल्सियस थियो।

तराईका अधिकांश ठाउँको तापक्रम ३० डिग्री भन्दामाथि पुगिसकेको छ।

महाशाखाका अनुसार सिमराको तपाक्रम ३४.१, विराटनगरको ३३.६, धनगढी ३१.८, नेपालगञ्ज ३३, दाङ ३०, भैरहवा ३१ र धरानकाे तापक्रम ३२.८ डिग्रि सेल्सियस मापन गरिएको छ।

तराईको दाँजोमा पहाडी जिल्लाको तापक्रम भने वढेको छैन। काठमाडौंको तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख …

प्रतिकृया दिनुहॊस