राहदानी विभागको कार्यालय समय १ घण्टा बढ्यो

काठमाडाैँ । राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको जनाएको छ ।

सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुने भएको छ ।

आइतबारदेखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरेका छन् ।

यस्तै विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु,राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस