यी किसानले गरे साढे सात लाख खर्चेर छोराको बिहेमा दुईवटा प्लेन चार्टर

काठमाडाैँ । सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ ।आर्थिक रूपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन्।

धनकुटा महालक्ष्मी नगरपालिका-८ मूर्तिढुंगाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुईवटा प्लेन चार्टर गरेका हुन्।

दिनेशले काठमाडौं ठमेलकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् । धनकुटाको यो खबर आजको नयाँ पत्रिका दैनिकमा सन्तोष रुचालले लेखेका छन्।

२९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा आउँदा सात लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिए ।

दिनेश थापा फार्मेसीमा पूर्वाञ्चल टपर
नगेन्द्र कृषि र व्यापार व्यवसायमा संलग्न छन् । उनी अलैँची किसानका रूपमा परिचित छन्। धनकुटाको सिँधुवा बजारनजिक रहेको मूर्तिढुंगा तरकारीको राजधानी नामले चिनिन्छ । थापाको अहिले सिँधुवा, हिले, धरानलगायतका विभिन्न सहरमा निजी घर छन्।

‘छोराको विवाहमा काठमाडौं जन्ती जाँदा-आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएका हुन्,’ बेहुलाका बुबा नगेन्द्रले भने, ‘त्यसका लागि ७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।’

गाउँका इष्टमित्रलाई कहीँकतै भ्रमणमा लैजाने आफ्नो इच्छा पहिलेदेखि नै भएकाले छोराको विवाहको अवसर पारेर प्लेन चार्टर गरेर काठमाडौं लगेर ल्याएको थापाले बताए । उनले भने, ‘मैले जन्ती लैजाँदा समाजका सबै उमेर समूह समेटेर समावेशी हिसाबले लगेको थिएँ।’

साइन्समा बिएस्सी गरेका दिनेश अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् । नगेन्द्रकी बुहारी प्रज्ञा सुवेदी भने काठमाडौंको लक्ष्मी बैंकमा जागिरे छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस