घुर्ने समस्याले हैरान हुनुहुन्छ? यस्ता छन् हटाउने सात उपाय

काठमाडाैँ । कतिपयलाई घुर्ने समस्याले सताइरहेको हुन्छ। राति निद्रामा घुर्ने यो बानीले आफूलाई भन्दा पनि सँगै सुत्ने साथीलाई बढी असर पुर्‍याइरहेकाे हुन्छ। तर हटाउने कसरी? जानकारी नहुन सक्छ।

घुर्ने बानी हटाउने सात उपाय 

१.सबैभन्दा पहिला त समस्या भएका व्यक्ति आफैंले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ। सुत्दा उत्तानो परेर सुत्नु हुँदैन। सधैं कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ।

२. सकेसम्म नियमिति व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ।

३.शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ। मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ।

४. सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै बढी चिल्लो, पिरो भएका खानेकुराहरू खानु हुँदैन।

५. घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ। तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ।

६. अत्यधिक धूमपान, मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ।

७. घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस