प्रताप दासको आवाजमा ‘गाजल’ (भिडियो)

काठमाडाैँ । गायक प्रतापदास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ। राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ। मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ। काठमान्डौ आसपास र गोदावरीका रमणीय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ।

 

 

https://www.youtube.com/watch?v=m1Wsq4UQTiE

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस