विश्व मृगौला दिवस जनचेतना मूलक कार्यक्रम गरि मनाईँदै

काठमाडौँ । विश्व मृगौला दिवस बिहीबार मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतना मूलक कार्यक्रम गरि मनाईँदैछ ।

हरेक वर्ष मार्च १४ का दिन मनाइने दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाहरुले निःशुल्क परीक्षणसहित विभिन्न कार्यक्रम गर्दैछन् ।

नेपालमा २६ लाख भन्दा बढी मानिसमा मृगौलाको केही न केही समस्या रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क छ । मृगौलालाई स्वस्थ राख्न बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरले सुझाव दिएका छन् ।

दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल र स्वतन्त्र विद्यार्थी युनियनको बिहीबार बिहान अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस