विप्लव बन्दको आंशिक प्रभाव

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ। उपत्यकामा बिहानैदेखि अघिपछि भन्दा केही पातलो गाडी गुडेका छन्। उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको प्रभाव न्युन देखिएको छ।

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ। राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन्।

पूल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ। मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस