मन्त्रिमण्डल पुनर्गठनको प्याकेज बनाउँदै ओली-प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्। मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए। लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए। ‘लगानी सम्मेलन नजिकिएको छ, पार्टीभित्रको संगठनात्मक एकताको काम पनि टुंगिँदैछ। त्यसपछि मनित्रमण्डल पुनर्गठन हुन्छ,’ ती सल्लाहकारले भने।

मुलुक स्थिरतातर्फ उन्मुख रहेको जानकारी दिँदै वैदेशिक लगानी आकर्षित गर्न र लगानीका क्षेत्र स्पष्ट पार्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्न लागेको हो। पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ।

लगानी सम्मेलन र पार्टी एकताको काम नसकी मन्त्रिमण्डल पुनर्गठन गर्दा पार्टीभित्र नयाँ विवाद र अप्ठ्यारा आउन सक्ने भन्दै प्रधानमन्त्रीले यी दुई कार्यसूची सम्पन्न गर्नेबित्तिकै मन्त्रिमण्डल पुनर्गठन गर्ने ती सल्लाहकारको भनाइ छ। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय अहिले राज्यमन्त्रीको भरमा छ।

उक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने, अहिलेको क्याबिनेटमा रहेर कार्यक्षमता देखाउन नसकेका मन्त्री हटाउने, नयाँ मन्त्री थप्ने र केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने गरी प्रधानमन्त्रीले तयारी थालेका हुन्। छलफलसँगै मन्त्रीका लागि दौडधुपमा सांसदहरु जुट्नेछन्। बिदाइ हुन नपरोस् भन्दै केही मन्त्रीले आफूले एक वर्षमा गरेका कायको सूची प्रधानमन्त्री कार्यालयमा बुझाउन थालेका छन्।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष दाहालसँग पनि त्यस विषयमा लामै छलफल गरेका छन्। अध्यक्ष दाहालले विराटनगर पुगेर मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस