कामना सेवाको नयाँ बचत योजना, १ लाखसम्मको उपचार

काठमाडौँ । कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ ।

यस   योजना अन्र्तगत ग्राहकहरुलाई एक बर्षको लागि निशुल्क भिसा कार्ड, इन्टरनेट बैकिगं तथा मोवाईकल बैकिगं सुविधा पनि रहेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त खातामा लकर सुविधामा ५० प्रतिशत रहेको छ । बैंकले १ बर्षको लागि लकरमा छुट दिएको छ । साथै ५० प्रतिशत वाईभर र लकर मार्जिनको सुविधा दिएको छ । त्यस्तै बचतको ब्याज दैनिक हिसाव गरिनेछ भने त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।

स्वर्णिम सुरक्षित बचत खाता योजनामा बैंकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिएको छ भने १ लाख रुपैयाँसम्मको मेडिकल बीमा सुविधा दिएको छ ।

 

सबैको लागी अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री