साल्ट ट्रेडिङको २५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेशनको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता ४०० रुपैयाँ ३० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ३१७ रुपैयाँ ९० पैसा छ ।
साल्ट ट्रेडिङले २५% बोनस सेयर र १०% नगद गरी कुल ३५% लाभांश वितरण गर्ने प्रस्तावसहित चैत्र ११ गते साधारण सभामा बोलाएको छ । यस्तै, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुनेछ ।
सञ्चालक समितिले आव २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यसैगरी, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डा पनि रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस