फिल्म ‘शिवानी’मा निर्मल शर्माको छमछमी (भिडियो)

काठमाडौं । फिल्म ‘शिवानी’मा समावेश ‘काली काली गोरी गोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

दिनेश सुवेदीको शब्द रहेको गीतमा बाबुल गिरीले संगीत दिएका छन । संगीतकार गिरी र गायिका अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतमा कलाकार निर्मल शर्मा र छुल्ठिम गुरुङ्गलाई देखाईएको छ । साथमा अन्य कलाकारहरु पनि गीतमा फिचर्ड छन ।

उपेन्द्र प्रसाद खड्का र रमेश बिशुङखेको संयुक्त निर्देशन गरेको फिल्मलाई सुरज खडका, दिनेश कुमार रे, ग्याल्बो तामाङ्गले निर्माण गरेका हुन् । फिल्ममा निर्देशक उपेन्द्र प्रसाद खडकाकै कथा तथा पटकथा छ ।
फिल्ममा उत्तम विष्ट, पूर्णिमा लामा, प्रशान्त कुमार यादव, दीपा कार्की, शिवानी खडका, गोविन्द कुमार शाह, उपेन्द प्रसाद खड्का, सोनु पौडेल, राजेश डिके लगायतको अभिनय छ ।

फिल्म आउँदो वर्ष २०७६ को भदौं १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री