पुँजी बजारमा १६ कम्पनीको ३ अर्ब रुपैयाँको आइपीओ आउँदै, कसको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १६ पुगेको छ । बोर्डमा अहिले कुल ३ अर्ब ११ करोड १२ लाख ७० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा कुल ३ करोड ११ लाख १२ हजार ७०९ कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।
धितोपत्र बोर्डसँग आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत र लघुवित्त समूहका रहेका छन् । पाइपलाइनमा ८ वटा जलविद्युत कम्पनी, ६ लघुवित्त, १ मर्चेन्ट बैंक र एउटा इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । प्राथमिक बजारमा आइपीओ जारी हुने गर्छ ।

त्यसरी जारी भएको सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । सर्वसाधारणका लागि आइपीओ भर्ने मौका हो । साथै, यसले बजारमा आपूर्ति पनि बढाइदिन्छ । तर फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताका लागि पनि यो निकै महत्वपूर्ण मौका हो ।


बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस