भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटा भट्टाको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको बेथान चोक–३ घर भई हाल सोही इँटा भट्टामा काम गर्ने मानसिंह तामाङको साढे दुई वर्षीय छोरा अनिस तामाङको डुबेर मृत्यु भएको हो। भट्टामा इँटा बनाउनका लागि बनाइएको पोखरीमा खेल्ने क्रममा डुबेको बताइएको छ।
पानीमा डुबेर गम्भीर घाइते बालकालाई उपचारका लागि सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरको निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए।
तपाईंको प्रतिकृया




