चाडपर्वको अवसरमा प्रभुले ल्यायो ग्राहकलाई आर्कषक पुरस्कार

काठमाडौं । प्रभु मनि ट्रान्सफरले ‘प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबैजना दंग’ नामक नयाँ योजना ल्याएको छ । प्रभुले विगत बर्षहरु जस्तै यस बर्ष पनि हिन्दुहरुको महान चाड दशै, तिहार, र छठको उपलक्ष्यमा आफ्ना ग्राहकलाई लक्षित गरी उक्त उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत प्रभुले आफ्ना ग्राहकलाई लक्की ड्रबाट प्रथम पुरस्कार एलइडी टिभी हरेक हप्ता एक जनालाई  , दोस्रो पुरस्कार प्रभु टिभी सेट टप बक्स हरेक दिन एक जनालाई प्रदान गरी साथमा एक महिनाको रिचार्ज प्रदान गरिने  र तेश्रो पुरस्कार हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने छ ।

त्यसका साथसाथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा-मुक्तिनाथ-पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने छ । यो योजना भदौ २५ गतेदेखि शुरु भई असोज १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

टीभीएसको बाइक खरिदमा साहले जिते १० लाख

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु.१० लाख ५ हजार …

प्रतिकृया दिनुहॊस