वाढीपीडितलाई टेलिकमको सिम निःशुल्क

काठमाडौं । टेलिकमले जनाएअनुसार  नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिमकार्ड वितरण शुरु गरेको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा भदौ १२ गतेबाट सिमकार्ड वितरण भइरहेको  छ ।

५० रुपैयाँको टकटाइम भ्यालू सहितको जिएसएम प्रिपेड सिमकार्डबाट एनटिसीकै नेटवर्क भित्र थप ५० मिनेट निःशुल्क कल गर्न समेत सकिने छ भने बाढी प्रभावित क्षेत्रका टेलिकमको सिमकार्ड प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्ड हराएको भए पनि त्यसको सट्टामा अर्को सिमकार्डसमेत निःशुल्क पाउने सकिने समेत टेलिकम जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टीभीएसको बाइक खरिदमा साहले जिते १० लाख

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु.१० लाख ५ हजार …

प्रतिकृया दिनुहॊस