वाणिज्य बैंकको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको बढ्यो नाफा

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको नाफा बढेको पाइएको छ । विगतमा वाणिज्य बैंकबाट १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा लिएर १८ प्रतिशतमा कर्जा प्रवाह गरेका लघुवित्तले हाल वाणिज्य बैंकबाट सस्तो ब्याजदरमै कर्जा पाएका छन् । यसले लघुवित्तको नाफा बढ्न पुगेको लघुवित्त संघका अध्यक्ष रामचन्द्र जोशीले बताए ।

जोशीका अनुसार पहिला लघुवित्त कम्पनीलाई वाणिज्य बैंकले १० देखि १५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने गरेका थिए । तर हाल यी कम्पनीले १२ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा पाएका छन् । यस्तो कर्जा वाणिव्य बैंक अनुसार फरक फरक हुने गरेको जोशीले बताए ।

सरकारले लघुवित्तको ब्याजदरमा १८ प्रतिशतको सीमा बढाएकाले पनि नाफामा वृद्धि भएको जोशीको भनाइ छ । यद्यपि लघुवित्तले १८ प्रतिशतभन्दा बढीमा कर्जा लगानी नगरेको उनले बताए ।

पहिला वाणिज्य बैंकले लघुवित्तलाई दिने गरेको कर्जाको रकम थोरै थियो भने हाल यसमा केही खुकुलो पारिएको छ, जसले गर्दा लघुवित्तले ऋण लगानी बढाउन पाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४० लघुवित्त कम्पनीको नाफा बढेको छ । चालू आवको दोस्रो त्रैमासमा यी कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा औसत ३६ दशमलव २९ प्रतिशत बढेको हो ।

चालू आवको दोस्रो त्रैमासमा लघुवित्त कम्पनीले रू. २ अर्ब ५८ करोड नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यिनीहरूको नाफा रू. १ अर्ब ९० करोड थियो ।

चालू आवको दोस्रो त्रैमासमा पाँच कम्पनीबाहेक अन्यले नाफा कमाएका छन् । नेपाल सेवा लघुवित्त यो अवधिमा नोक्सानमा छ । यस्तै एनएमबी माइक्रोफाइनान्स, नागबेली लघुवित्त, कालिका लघुवित्त र नाडेप लघुवित्तको नाफा पनि घट्न पुगेको छ ।

यीमध्ये अधिकांशको सञ्चालन मुनाफा घटेपछि नाफा खस्किएको देखिन्छ । एनएमबी माइक्रोफाइनान्सको सञ्चालन मुनाफा घटेपछि नाफा घट्न पुगेको हो । कालिका लघुवित्तले खराब कर्जा संकलन गरे पनि नाफा घट्न पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा घट्नुको असर नाफामा परेको छ ।

चालू आवको दोस्रो त्रैमासमा रकमको आधारमा सबैभन्दा बढी नाफा छिमेक लघुवित्तले कमाएको छ । कम्पनीले रू. ३९ करोड २३ लाख नाफा कमाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds