फोरजी सेवामा एनसेलले टेलिकमलाई ९ लाख बढी ग्राहकले उछिन्यो, फोरजीमा टेलिकमभन्दा एनसेल अब्बल

काठमाडौं । प्रविधिको पछिल्लो सेवा नेपाल टेलिकमले दिइरहेको चौथो पुस्ताको मोवाइल इन्टरनेट सेवा अर्थात फोरजी सेवामा टेलिकम भन्दा एनसेल अब्बल देखिएको छ । टेलिमले भन्दा झण्डै ६ महिना ढिलो सेवा सुरु गरेको एनसेलको ग्राहक टेलिकको तुलनामा करिब ९ लाख भन्दा बढी पुगिसकेका छन् ।

टेलिकमले पहिलोपटक १७ पुस २०७३ मा पोस्टपेड प्रयोगकर्तामार्फत फोरजी सेवा सुरु गरेको थियो । त्यसको एक महिनापछि (माघ २२ देखि) टेलिकमले प्रिपेड प्रयोगकर्ताहका लागि फोरजीको सेवा दिएको हो । टेलिकमले सेवा सुरु गर्दा यसको प्रमुख प्रतिस्पर्धी एनसेल कम्पनी खरिद बिक्री भएर ६३ अर्ब रुपैयाँको पूँजीगत लाभकर विवादमा फसेको थियो । यही विवादका कारण टेलिकमले सेवा सुरु गरेको ६ महिनापछि मात्रै एनसेलले फोरजी सुरु गरेको हो ।

टेलिकमले ६ महिनालअगाडिको मौकालाई सदुपयोग गरेर देशव्यापी बनाउन भने सकेन् । ६ महिनापछि सेवा सुरु गरेको एनसेलले भने २१ वटा सहरका १५ लाख ८८ हजार सेवाग्राहिलाई फोरजी सेवा दिन सकेको छ । तर, टेलिकम भने काठमाडौं उपत्यका र पोखरामा मात्रै सिमित रहेर जम्मा ६ लाख ९५ हजार प्रयोगर्ताबाटै चित्त बुझाइरहेको छ ।

फोरजीमा २०७४ को कात्तिक दोस्रो साताबाट स्मार्ट टेलिकमको फोरजी सेवा सुरु यो कम्पनीको ग्राहक वृद्धिदर पनि निकै सकारात्मक छ । यो कम्पनीले ग्राहक संस्था र कान्छो सेवाप्रदायक भएकोले एनसेल र टेलिकमको तुलनामा निकै राम्रोसँग फोरजीको ग्रहक बढाएको छ । यसले १ लाख ५ हजार ग्राहकलाई यस्तो सेवा दिइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds