बीमा कम्पनीले वित्तीय संस्था लगायत पब्लिक कम्पनीको ऋणपत्रमामा लगानी गर्ने बाटो खुल्दै

काठमाडौं । बीमा कम्पनी (बीमक) लाई अब बैंक तथा वित्तीय संस्था लगायत पब्लिक कम्पनीको ऋणपत्रमा लगानी गर्न बाटो खुल्ने भएको छ । बीमा समितिले संशोधन गर्न लागेको बीमकको लगानी सम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव गरिएको छ । उक्त व्यवस्था पारित भएमा बीमा कम्पनीले पब्लिक तथा धितोपत्र बजारमा दर्ता भएका कम्पनीहरूको ऋणपत्रमा लगानी गर्न सक्नेछन् ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार दीर्घकालीन रूपमै त्यस्तो ऋणपत्रमा लगानी गर्न मिल्ने व्यवस्था ल्याइने छ । हाल बीमा कम्पनीले ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र÷बचतपत्र’मा मात्र लगानी गर्न पाउने व्यवस्था छ । यद्यपि, कतिपय बीमा कम्पनीले समितिको स्वीकृतिमा पब्लिक कम्पनीको ऋणपत्रमा पनि लगानी गर्दै आएका छन् । कम्पनीले नीतिगत व्यवस्था नभएको काम गर्न समितिको स्वीकृति लिनुपर्छ ।

समितिले निर्जीवन र जीवन बीमा सम्बन्धी सबै निर्देशिका संशोधन गरेर नयाँ व्यवस्था लागू गर्न लागेको हो । यस्तै, प्रचलित अन्य व्यवस्था परिमार्जन गरेर बीमा कम्पनीको लगानीको दायरालाई फराकिलो बनाइने समितिले जानकारी दिएको छ । हाल बीमा कम्पनीहरूको दायित्व थाम्न सक्ने क्षमता (सोल्भेन्सी अनुपात) १ दशमलव ५ हुनुपर्ने व्यवस्था छ । त्यसअनुसार बीमा कम्पनीसँग रू। १ लाखको दायित्व छ भने रू। १ लाख ५० हजार बराबरको पूँजी हुनुपर्छ ।

निर्देशिका मार्फत बीमा कम्पनीलाई ठूला परियोजना, उत्पादनशील र ऊर्जाजस्ता क्षेत्रमा लगानी बढाउन बाटो खुला गरिने समितिले जानकारी दिएको छ । समितिका अनुसार त्यसका लागि त्यस्ता क्षेत्रमा हुनुपर्ने लगानीको प्रचलित सीमा बढाइनेछ । त्यस्तो क्षेत्रमा ५ प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने प्रचलित व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस