काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ ।
काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा पाँच सय जना विद्यर्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । उक्त जनचेतनामूलक कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए ।
यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तुती पनि दिएको थियो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।
बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।
प्रतिकृया दिनुहॊस