सेन्ट्रल फाइनान्सको साधारणसभा चैत ५ गते

काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ साधारणसभा गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको छ ।

सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरिने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds