आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो ।

उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ ।

आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds