प्रहरीलाई घुस दिने दुईजना चालक पक्राउ

काठमाडौं ।  प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट चेकिङका खटिएका प्रहरीलाई  ५ सय रुपैयाँ घुस दिन खोज्ने बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वर्षे लक्ष्य पन्तलाई प्रहरीले शनिबार  राति बल्खुबाट पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै उनीहरुले दुईवटा टिपरको ५ सय  रुपैयाँ घुस दिन खोजेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री