कतार एयरवेजद्वारा प्रिमियम कम्प्यानियन अफर सार्वजनिक

काठमाडौं । कतार एयरवेजले यात्रुहरुलाई आफ्ना परिवारजन तथा साथीभाइहरुसँग यात्रा गर्दा कति फलदायी हुन्छ भन्ने अनुभव गराउने उद्देश्यले हालै आफ्नो नयाँ प्रिमियम अफर ल्याएको छ । कतार एयरवेजका ग्राहकहरुले यस विशेष प्रवद्र्धनको अवधिमा दुई वा बढी यात्रुहरुका लागि बुकिङ गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

यो योजना ११ डिसेम्बर २०१९ सम्मका यात्राको लागि ११–१८ फेब्रुअरी २०१९ अवधिमा बुकिङ गरिने कतार एयरवेजका फस्र्ट क्लास एवं बिज्नेस क्लासका टिकटहरुमा लागू गरिएको छ ।

यस अवधिमा बुकिङ गर्ने यात्रुहरुले २० प्रतिशतसम्मको छुट प्राप्त गर्नुको साथै फस्र्ट क्लास एवं बिज्नेस क्लासका बुकिङमा डबल क्यूमाइल्स् एवं क्यूप्वाइन्ट्स पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी इहाब अमिनले भने, ‘यात्रा अझ रमणीय हुन्छ जब हामीसँगै हाम्रा परिवारजन वा इष्टमित्रहरु पनि हुन्छन् र अब कतार एयरवेजको कम्प्यानियन अफरको लाभ उठाई यात्रुहरुले उक्त अनुभवलाई अझ उत्कृष्ट बनाउन सक्नेछन् ।’ उनले यसले यात्रुहरुलाई सँगै यात्रा गर्दाको विशेष अनुभूति अनुभव गराउन प्रोत्साहित गर्न चाहेको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds