नेपाल पुर्वाधार बैंकले पायो सञ्चालन स्वीकृति

काठमाडाैँ । २० अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना हुन लागेको नेपाल पुर्वाधार बैंक लिमिटेडले बिहीबार सञ्चालन स्वीकृति पाएको छ । नेपाल सरकारको दश प्रतिशत सेयर  र निजी क्षेत्रको ९० प्रतिशत लगानीमा स्थापित पूवाधार विकास बैंकले अन्तिम स्वीकृति पाएपछि सञ्चालनमा आउने पक्का भएको हो ।

बैंकले अर्को महिना सम्ममा सञ्चालनमा आउने तयारी गरेको छ । यसअघि बैंकले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक स्वीकृति पाएको थियो ।
दुई साताअघि राष्ट्र बैंकको सञ्चालक समितिमा अन्तिम स्वीकृतिका लागि एजेण्डा पुगेको थियो । सञ्चालक समितिको अध्यक्षमा रहेका डा.विमल कोइरालाले राजिनामा दिएपछि एजेण्डामाथि छलफल भएको थियो ।

सरकारले कोइरालाले राजिनामा नदिएसम्म पैसा नहाल्ने भन्दै दबाब दिएको थियो । कम्पनीले बैंकका प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली र डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरिसकेको छ ।

नेपाल पुर्वाधार बैंक लिमिटेडले २० अर्ब मध्ये ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ सर्वसाधारणका लागि शेयर जारी गर्ने योजना बनाएको छ । बैंकमा सरकारसहित, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, व्यवसायिक घरानाहरु, सरकारी उच्च प्रशासका रुपमा काम गरिसकेका व्यक्तिहरुको लगानी रहेको छ । तीन वर्षको गृहकार्यपछि पूवाधार क्षेत्रमा लगानी गर्नेगरी यो बैंकको स्थापना हुन लागेको हो ।

बैंकले लामो समयका लागि निक्षेप संकलन गर्ने छ र ठुला ठुला पूर्वाधारमा लगानी गर्ने छ । बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरणहरु जारी गर्न सक्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस