बेन्जिमाको दुई गोलमा रियल सेमिफाइनलमा

एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको  दोस्रो लेगमा जिरोनालाई ३-१ गोल अन्तरले हराउँदै समग्रमा ७-३ को जितसहित रियल अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करीम बेन्जिमाले दुई गोल गरे । यस्तै मार्कुस लोरेन्टले एक गोल थपे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए । पहिलो लेगमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले हराएको थियो ।

Benzema curls a low shot past three Girona defenders before his effort goes in off the base of the post in the first half

घरेलु मैदानमा रियललाई सहज जित दिलाउन बेन्जिमाले खेलको २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा रियल २-० ले अघि रह्यो ।

जिरोनाविरुद्ध २ गोल गरेसंगै बेन्जिमा रियलका लागि छैटौं सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बेन्जिमाले ४४६ खेल खेल्दै २०९ गोल गर्दै सर्वाधिक गोल गर्ने सूचीमा अटाएका हुन् । रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने पुर्व स्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले ४५१ गोल गरेका छन् ।

Girona's Pedro Porro finished off a quick counter attack to pull a goal back for the hosts with 20 minutes left on the clock

खेलको ७१ औं मिनेटमा जिरोनाका पेड्रोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर, खेलको ७६ औं मिनेटमा मार्कुसले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री