पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न

बिराटनगर। राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय,अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ ।
बिराटनगरको पुष्पलाल चोक स्थित रमणीय भेन्यू ड्रिम गार्डेनमा सम्पन्न भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ५० जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा र्‍याम्पमा उत्रिएका थिए ।
उक्त शोमा पेजेन्ट नेपालकी नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले तयार पारेको डिजाइनहरु प्रस्तुत गरिएको थियो ।
मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।
कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन, वर्षायामको पहिरनहरु, ढाकाका पहिरनहरु संगै एक सिक्वेन्समा मुख्य प्रायोजक बुलेट चाउचाउको खोलबाट तयार पारिएको ड्रेस तथा अन्य प्रयोजकहरु नेपाल आईस बियर, द ब्यारन सेलेक्ट ब्लुफिन, राथी, क्यानभास वाईन लगायतको कभरमा तयार पारिएका पहिरन, पेपर ड्रेस तथा प्लास्टिक ड्रेस पहिरिएर मोडलहरुले शो लाई रंगीन बनाएका थिए ।
रमेश भट्टराई र चन्दा खड्काले संचालन गरेको उक्त कार्यक्रममा सफल व्यावसायी तथा कोरियोग्राफर ईश्वर बाँस्तोला, सम्झना चौधरी र दिवश भट्टराईको कोरीयोग्राफीमा मोडलहरु र्याम्पमा उत्रिएका थिए।
फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्दन गर्ने उद्देश्यले राजधानी्भित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गरिनुपर्छ भन्दै यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलमा अडिसन मार्फत त्यहि क्षेत्रका उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि नयाँ(नयाँ कन्सेप्टको साथ तयार पारिएको पहिरनहरु पहिरिएर मोडलहरु र्याम्पमा प्रस्तुत भैरहदा कार्यक्रम स्थल तालीले गुन्जिएको थियो ।
पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले कार्यक्रममा बोल्दै राजधानीमा सिमित रहदै आएका यस्ता कार्यक्रम मोफसलमा समेत गरेर त्यहा रहेका प्रतिभाको मूल्याङ्कण गर्दै उनीहरुको  योगदान ठूलो रहेको भन्दै पेजेन्ट नेपाललाई धन्यवाद तथा शुभकामना दिदै ढाकाको पहिरनलाई ईङ्कित गर्दै नेपाली मौलिक पहिरणबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बिराटनगर क्षेत्रका समाजसेवी तथा व्यावसायी अरुण सुराना, अरुण राठी, श्याम भट्टराई, किरण प्रकाश अर्याल, थानेश्वर उपाध्याय, संजीव खनाल, सरोज चापागाईं, चलचित्र निर्देशक राजु केसी लगायत बाक्लो मात्रामा दर्शकको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी हुन राजधानीबाट नेपालका चर्चित एवं वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल, गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्री) , गायक सपन श्रेष्ठ, गायक कृष्ण काफ्ले,गायक ध्रुव बिस्को, लोकप्रिय हांस्य कलाकार महादेव त्रिपाठी, नायक श्रीदेव भट्टराई, नायिका ममता प्रधान, नायिका सुनिता कटुवाल, नायिका पूजा परियार,नितु कोईराला लगायत स्थानीय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियो ।
फेशन शो को दौरान पेजेन्ट नेपालले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गर्यो । सम्मानित हुनुहुनेमा वरिष्ठ गायक सिताराम पोखरेल, नायकरमोडल श्रीदेव भट्टराई, युवा व्यवसायी अमिर न्यौपाने, समाजसेवी पुनम चौधरी र मोडल जीवन ओडारी थिए।
आ आफ्नो क्षेत्रमा रहेर समाज तथा देशको विकासको निम्ति योगदान पुर्याएको भन्दै अझ हौशला र प्रोत्साहन मिलोस भन्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राज लुईटेलले जनाए ।
मोडलहरुको उत्कृष्ट प्रस्तुती, वरिष्ठ गायक आनन्द कार्की, गायक सिताराम पोखरेल, गायक श्रीकृष्ण लुइँटेल, हाँस्य कलाकार महादेव त्रिपाठी लगायतको प्रस्तुतीले मौसममा आएको प्रतिकुलताको बावजुद समेत दर्शक तथा श्रोताको साथ अत्यन्तै राम्रो रहेको थियो ।
निर्धारित ३ घण्टाको लागि शुरु गरिएको कार्यक्रम स्थानीय तथा पूर्वाञ्चलवासी दर्शकहरुको  चाहना तथा रहरलाई मध्यनजर गर्दै थप दुई घण्टा लम्बिन पुगेको थियो ।
कार्यक्रम सपोर्टरको रुपमा रहेर कार्यक्रम को(अर्डिनेटर सुगम पोखरेल,  व्युटिसियन संगिता चौधरी, जानुका न्यौपाने, ईशा श्रेष्ठ, अर्जुन थापा, कुमार खड्का, कविता थापा लगायतले दिएको साथ र सहयोगले कार्यक्रम भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा आयोजक संस्थाकी प्रबन्ध निर्देशक ममथा बस्नेतले बताईन ।
यस किसिमको फेशन शो ले पूर्वाञ्चलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर प्रदान गरेको साथै यस शो मा सहभागी मध्यको उत्कृष्ट केहि मोडलहरुलाई फेब्रुअरीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तराष्ट्रिय फेशन शोमा सहभागी गराईने आयोजक ममथा बस्नेतले बताईन ।
पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो लाई नेपालभर रुचाईएको बुलेट चाउचाउले मुख्य प्रायोजन गरेको थियो  भने गोल्ड स्पोन्सरमा नेपाल आईस बियर, सिल्भर स्पोन्सरमा गीता एभिएसन, ब्रोन्ज स्पोन्सरमा द ब्यारन सेलेक्ट ब्लुफिनले सहकार्य गरेका थिए ।
अन्य प्रायोजकहरुमा राथी ज्वेलर्श,लालीमा, एन्जल क्याफे, पायनीयर इलेक्ट्रिक, क्यानभास वाईन,शुभकामना जल, सारङ्गी द फुड कोर्ट,अरविट होस्टल, होटल एशियाटिक,सिटी कलेज, बिराटनगर जस्ता लोकप्रिय ब्राण्डहरुले विभिन्न शिर्षकमा रहेर फेशन शो संग सहकार्य गरेका थिए ।
फेसन शो र बिभिन्न सांस्कृतिक प्रस्तुतीहरुसंगै उल्लेख्य संख्यामा उपस्थित विराटनगर तथा पूर्वाञ्चलवासीको भव्य र उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रतिभा नक्षत्र-२०२४ का लागि आवेदन खुल्ला

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन …

प्रतिकृया दिनुहॊस