सहयोगी विकास बैंकको मुनाफ ५ करोडमाथि

काठमाडाैँ । सहयोगी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको भन्दा १५.०६ प्रतिशतले बढि हो । गत वर्षको सोहि अवधिमा बैंकले ४ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।

निक्षेप तथा कर्जा
५० करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २६ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । बैंकले ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

ब्याज आम्दानी 
बैंकले सोही अवधिमा १० करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संचालन मुनाफामा पनि बृद्धि गरेकोे बैंकले यसै अवधिमा  ५ करोड ४७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ ।

सुचकहरु
बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८१ पैसा, मूल्य आम्दानी अनुपात १०.३० गुणा, खराब कर्जा १.६३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७.४७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०५ पैसा र तरलता अनुपात ३१.२३ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस