कन्काई विकास बैंकको नाफा ३६.५२ प्रतिशतले बृद्धि

काठमाडाैँ । कन्काई विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको भन्दा ३६.५२ प्रतिशतले बृद्धि हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियोे ।

निक्षेप तथा कर्जा 
तीन जल्ला कार्यक्षेत्र भएको बैंकका हाल ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ६ करोड ८८ लाख रुपैयाँ राखेको छ । दोस्रो त्रैमास सम्ममा बैंकले १ अर्ब ९० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

ब्याज आम्दानी
बैंकले उक्त अवधिमा ७ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा २७.५८ प्रतिशतले बढि हो ।

अन्य सुचकहरु
बैंकको प्रतिशेयर आम्दानी १०.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५४ गुणा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ २१ पैसा खराब कर्जा ०.७६ प्रतिशत, जोखिम युक्त सम्पत्ति २७ प्रतिशत, र तरलता अनुपात ३२.८९ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds