यी हुन् अनारका फाइदा

काठमाडाैँ । नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।
-अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार
लाभदायक छ ।
-अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ ।
-यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।
-पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ ।
-अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ । यसका साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

प्रतिकृया दिनुहॊस