युनिभर्सल पावर कम्पनीको आइपिओ बिकेन, तीन पटक थपियो म्याद तर अवस्था उस्तै

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारसम्म मात्र हुने भएको छ । तर सो कम्पनीको शेयर हालसम्म मात्रे १३.८५ प्रतिशत मात्रै बिक्री भएको छ ।

आइतबार बैंकिङ समयपछि आईपीओ निष्कास बन्द हुने निष्कास तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई रु २१ करोड बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गरेको हो । अझै कम्पनीको ८६.४३ प्रतिशत बराबरको शेयर बिक्री हुन बाँकी रहेको छ ।

न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म आईपीओ भर्न पाइने छ । दोलखा जिल्लाका गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेको हो। इक्रा नेपाल लिमिटेडले युनिभर्सललाई आईपीओ ग्रेड ४ दिएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी रु ९६ करोड ६१ लाख ६१ हजार बराबरको आईपीओ निष्कासन गरेको हो ।

स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु २ अर्ब ४ करोड छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस