मेरो माइक्रोफाइनान्सको मुनाफामा ७९ प्रतिशतले वृद्धि

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (Mero Microfinance Bittiya Sanstha Ltd.) ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ६ करोड १८ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७९ दशमलव ०७ प्रतिशतले वृद्धि गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १३ करोड ८६ लाख रुपैयाँ छुटाएको छ । माइक्रोफाइनान्सले निक्षेपमा ९६ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३ अर्ब ९९ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा ४९ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको छ ।

माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ४७ दशमलव ०५ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७९ दशमलव ६२ प्रतिशतले बढेर ९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ८९ लाख रुपैयाँ छुटाएको छ ।

जसको निष्कृय कर्जा १ दशमलव ८७ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ६९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ३७ दशमलव ६२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २८ दशमलव ४७ गुणा, प्रति शेयर नेटवर्थ १४२ दशमलव १५ रुपैयाँ र तरलता अनुपात ३९ दशमलव ४६ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप