काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै शुभकामना व्यक्त गरेकी छन्।
उपपराष्ट्रपति नन्दबहादुर पुनले पनि आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्। यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाउँदै दिवसको शुभकामना दिएका छन्।
आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाइएको सन्देशमा भारतका राष्ट्रपति कोविन्द, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरिएको छ।
सन्देशमा उनीहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
तपाईंको प्रतिकृया




