तातोपानी नाका : २०७६ वैशाखबाट सुचारु गर्न सडक मर्मतको काम तीव्र

काठमाडौँ । तातोपानी नाका आगामी २०७६ वैशाखबाट सुचारु गर्नका लागि सडक सुधारको कामले तीव्रता पाएको छ । दुवै देशको सीमा मितेरी पुलसम्मको सबैभन्दा बढी क्षति भएको सडक सुधारका लागि नेपाल र चीन दुवै देशका सरकार मिलेर काम गरिरहेका छन् । नेपाल पट्टीको सडक मर्मत तथा पहिरो रोकथाम सुरु भएको छ ।

२०७२ सालको भूकम्पले क्षति पु(याएको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किलोमिटर सडकको विभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गरेको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागलकुमार भण्डारीले जानकारी दिए ।

सडकको लार्चा पुलसम्मको सडक डिभिजन सडक कार्यालय चरिकोटले गर्ने र त्यसभन्दा माथि सीमासम्मको सडक चिनियाँ टोलीले गरिरहेको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए । डिभिजन सडक कार्यालय चरिकोटले लार्चासम्मको कामका लागि तीन प्याकेजमा ठेक्का निकालेर काम सुरु गरेको छ । ठेक्का सम्झौता भई ३ महिनाभित्र काम पूरा गर्ने गरी फास्ट ट्रयाकमा काम भइरहेको झाले बताए । पहिरो रोकथामका लागि १२(१२ करोडको तीन प्याकेजमा ठेक्का लगाएको छ ।

२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको सडकको जुरे, कोठे, बलेफी, जम्बु, सकुवा, डाक्लाङ लगायतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु(याएको छ । विनाशकारी भूकम्पका कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी लगायतको क्षेत्र र चीनको लिपिङ, खासामा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविलाल जोशीलाई रुपन्देही पठाइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा …

प्रतिकृया दिनुहॊस