प्रधानमन्त्रीले डाभोस सम्मेलनलाई आज सम्बोधन गर्दै

काठमाडाैँ । स्वीट्जरल्याण्डमा शुरु विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्।

सोमबार डाभोस पुगेका प्रधानमन्त्री ओलीलाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गरेका थिए।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी सहभागी छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after