चिकित्सा शिक्षा विधेयक आज पारित गर्ने तयारी, संसदमा कांग्रेसको अवरोध जारी रहने

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेकाले विधेयक पारित हुन सकेन।  कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसदमा अवरोध गरेको हो।

मंगलबार पनि अवरोध कायम राख्ने उसले जनाएको छ। केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले भने आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेको हो। माग पूरा नभएसम्म संसदमा अवरोध जारी राख्ने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  यसै विषयमा थप छलफल गर्न भन्दै कांग्रेसले दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।  तर सत्तापक्ष भने अवरोधका बीच भए पनि चिकित्सा शिक्षा विधेयक पेश गरेर पारित गर्ने तयारीमा जुटेको छ। सकभर सहमतिमै विधेयक अघि बढाइने नेकपाका सांसद योगेश भट्टराईले बताए।

‘कांग्रेसको अवरोध कायम रहे के गर्ने भन्ने विषय सभामुखमा निर्भर हुनेछ’, उनले भने। दिउँसो ३ बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। विधेयकमा अनशनरत डा. गोविन्द केसीका माग सबैजसो समेटिएको दाबी गरिएको छ। डा. केसी भने सरकारले धोका दिएको भन्दै अहिले १६ औँ अनशनमा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after