आर्मी बेसक्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान आक्रमण, १०० भन्दाबढी सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा रहेको अफगान सेनाको बेस क्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान बिद्रोहीले गरेको आक्रमणमा १०० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वारडक राज्यको राजधानी मैदान शहरमा भएको आक्रमणमा धेरैको ज्यान गएको हो । समाचार संस्था रोयटर्ससँग एक उच्च सैनिक अधिकारीले भनेका छन्, ‘सेनाको तालिकम केन्द्र भित्र भएको आक्रमणमा १२६ जनाको ज्यान गएको खबर हामीले पाएका छौँ ।’

मैदान शहर काबुलबाट ४४ किलोमिटर दक्षिण पश्चिममा पर्छ । राज्यका अधिकारीले घटनामा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढी रहेको बताएको रोयटर्सले उल्लेख गरेको छ । सरकारी अधिकारीले आधिकारिक रुपमा यस घटनाबारे केही बताएका छैनन् । उनीहरुले अहिलेसम्म २० जना भन्दा बढीको ज्यान गएको पुष्टि भएको उल्लेख गरेका छन् । घटना सोमबार भएको हो ।

आक्रमणमा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कार बमसहितको आक्रमणको जिम्मेवारी तालिबानले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस