मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने सहमति

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क (एडीबी)सँग गरेको जनाएको छ ।

समिति र एडीबीको बैठकमा कम्पनी नआएर विभाजन गरी काम अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी डी–रेभेन्नालाई सम्झौता रद्द गरिएको पत्र १४ दिनको म्यादसहित पठाइएपछि अबको कामका बारेमा समितिले छलफल गरेको हो ।

पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने रुभन्दै ठेक्का रद्द गर्ने जानकारी पठाइएको छ ।

चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ ।

एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो । कम्पनीलेसर्तहरु थप्दै काममा नफर्किने सङ्केत दिइसकेको सूचना अधिकारी पन्तको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस