मनाङ । मनाङमा यातायातबाट गत साउन महिनादेखि हालसम्म ८ लाख ५४ हजार ५००राजस्व जम्मा भएको छ। सबैभन्दा सानो जिल्ला सवारीसाधनको खासै चाप नभए पनि विभिन्न घटनाबाट राजस्व संकलन भएको मनाङ जिल्ला ट्राफिक कार्यालय धारापानीले जानकारी दिएको छ। जिल्लामा संचालन हुने ट्रक, जिप, ट्याक्टर, मोटर बाइक लगायतका सवारीसाधनबाट राजस्व संकलन गरिएको हो। जिल्ला ट्राफिक इन्चार्ज राजेन्द्र बिकका अनुसार ट्रक ५५ वटा, जिप बलेरो ८६८, ट्याक्टर १२४र मोटरबाइक ८० वटा संचालनमा छन्।
उनका अनुसार ट्रकबाट रु ३२ हजार ५ सय, जिपबाट रु ६ लाख ९० हजार ५ सय, ट्याक्टरबाट रु ४८ हजार, मोटर बाइकबाट रु ४५ हजार, ५०० र अन्यबाट रु २ हजार गरी ८ लाख, ५४ हजार ५०० राजस्व संकलन गरेको छ। जिल्लामा रहेका सवारीसाधनमा ओभर लोड, कागजपत्र चेकजाँच र सवारी दुर्घटना जस्ता शीर्षकमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय मनाङले जनाएको छ।




